काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्ने दावी गरेका छन् ।
नेता पुनले चैत ५ गते जसपाको बैठकपछि नयाँ सरकार बन्ने दाबी गरेका हुन्।
माओवादी केन्द्रको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग मंगलबार कुराकानी गर्दै नेता पुन भने, ‘चैत ५ गते जसपाको बैठक छ। त्यो बैठकपछि सत्ता समीकरणले मुर्त रूप लिन्छ त्यसपछि ‘कांग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा गठबन्धन बन्छ।’