काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले बताए । विष्फोट भएको ठाउँमा गणतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा फेला परेको छ।
बम विष्फोटमा परी नायव सुब्बा शिव कुमार यादव गम्भिर घाइते भएका छन् । सेवाग्राही दिनेश भण्डारीको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जनाएको छ। अन्यको भने अवस्था सामान्य छ। विष्फोट गराउनेहरुको खोजी भइरहेको डिआईजी सिंहले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको थाहा भएको छ ।