काठमाडौँ– आइतबार पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्यो। प्रतिनिधिसभाको बैठक बस्ने भएपछि संसद भवन नयाँ बानेश्वर परिसरमा बिहानैदेखि चहलपहल सुरु भएको थियो।
दिउँसो दाहाल–नेपाल समूहले आधिकारिक नेकपा आफूहरु रहेको, प्रचण्डलाई दलको नेतामा निर्वाचित गरेको र प्रमुख सचेतकमा देव गुरुङ यथावत रहेको जानकारी संसद सचिवालयमा गरायो।
अपराह्न ४ः०० बजे सुरु हुने भनिएको प्रतिनिधिसभाको बैठक एक घण्टाभन्दा पनि ढिलो गरी सुरु भयो। बैठक ढिलो सुरु हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठक सुरु हुनुअघि नै संसद भवनबाट बाहिरिए। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन्।
संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओली। ओली संसद बैठक सुरु हुनुअघि नै बाहिरिएका थिए। तस्बिरः बर्षा शाह। देश सञ्चार।
बैठक सुरु भएपछि कार्यसूचीमा अध्यादेश पेश गर्ने कुरा राखेका भन्दै दाहाल–नेपाल पक्षले आपत्ति जनायो। अध्यादेशबाट सरकार चलाउने कुरालाई स्वीकार गर्न नसकिने भन्दै दाहाल–नेपाल पक्ष बैठक छाडेर बाहिरिएको थियो।
दाहाल–नेपाल पक्षका नेता भीम रावल। कार्यसूचीमा अध्यादेश पेश गर्ने कुरा राखेका भन्दै दाहाल–नेपाल पक्षले आपत्ति जनाएर बैठक बहिष्कार गरेको थियो। तस्बिरः बर्षा शाह/देशसञ्चार।
दाहाल–नेपाल समूह बाहिरएपछि कार्यसूची अनुसार अध्यादेश पेश गर्न कानुन मन्त्री लीला श्रेष्ठलाई रोष्टममा जान सभामुख अग्नि सापकोटाले अनुमति दिए। लगत्तै कांग्रेसले पनि अध्यादेश स्वीकार गर्न नसकिने जनायो।
संवैधानिक परिषद्को काम कार्यव्य र अधिकार सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै नारावाजीमा उत्रिएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु। तस्बिरः बर्षा शाह/देश सञ्चार।
संवैधानिक परिषद्को काम कार्यव्य र अधिकार सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेपछि बैठक १० मिनेटका लागि स्थगित भयो।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटा।
पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोष्टममा नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेका थिए।
१० मिनेटका लागि रोकिएको प्रतिनिसभाको बैठक बुधबारसम्म स्थगित भएको छ।
संसद बैठक बहिष्कार पश्चात बाहिरिँदै गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’।
संसदमा मर्यादापालकहरु।
संसद बैठक अवरोध गरेर नारावाजी गर्दै कांग्रेस सांसदहरु।
संसद बैठकमा सहभागी हुन जाँदै गरेका कांग्रेस सभापति शेरबहादुर देउवा।