वलत्कारीलाई फाँसी दे, महिला हिंसा अन्त्य गर लगायतका नारा लगाउँदै र्याली चाबिहल चोक परिक्रमा गरि क्याम्पसको प्राङ्गणमा पुगेर सभामा परिणत भएको हो ।
कार्यक्रममा उपस्थित नेतृ सुस्मा पाण्डेले , ‘भागरथी, निर्मलाका वलत्कारी खोइ ? ‘ भन्दै सरकारलाई प्रश्न गरेकी छिन् । पाण्डेले हिमदुत सम्बादाता सङ्गको फोन सम्पर्क मार्फत भनिन ;
अहिलेको अवस्थामा सरकारले महिला हिंसा हुदा टुलुटुलु हेर्ने सिवाय अरु काम गरेको छैन त्यसैले हामी यसरी विरोध गरेका हौ
त्यस्तै नेतृ अलिसा दुलालले महिला हिंसाको शिकार जोकोही पनि हुनसक्ने भएकाले त्यसैको खबरदारी स्वरुप भएको यो र्याली गरिएको बताएकी हुन् । ‘ भोलीको शिकार को हो थाछैन, त्यसैले त्यस्ता घटनामा कमी आउन् भनेर हामीले सरकारलाई खबरदारी गरेका हौँ ‘ , उनले भनिन् ।