सविन डोटेल चापाकोट- गण्डकी प्रदेश सभासदस्य माननीय भागवत प्रकाश मल्लको प्रमुख आतिथ्यतामा नेपाल राष्ट्रिय मगर संघ चापाकोट नगरपालिका वडा न १ मा वडा कार्यसमिति गठन कार्यक्रम सम्पन भयको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मल्लले भने सन्सारमा मानव जाति नै बिबेकशिल ,चेतनशील सामाजिक प्राणी रहेकाले एकताबद्ध भई लोकतन्त्रको रक्षाका लागि बर्तमान अवस्थामा विद्यार्थी ,युवा बर्ग , बुद्धिजिबि , बिकास प्रेमी एबम समस्थ सामाजिक न्याय का निम्ति सम्पूर्ण नेपालीहरु एक हुनुपर्ने र सबै अट्ने देशलाई समृद्धि मार्ग तर्फ लैजाने नेपाली कांग्रेस पार्टी नै रहेको जिकिर गरे ।
साथै , तरुण युवाहरुका बिश्वासिलो पात्र तरुण दल जिल्ला अध्यक्ष समेत रहेका सांम्सद भागवत प्रकाश मल्लले चा.न.पा वडा न . १ मा रहेको युवा कल्बका अध्यक्ष गुप्त बहादुर थापा सहित ४० जना युवाहरूलाई पार्टीमा प्रवेश गराएका हुन
कार्यक्रम भिम बहादुर सारु को सभापतित्वमा चलेको थियो भने , कार्यसमिति १७ सदस्य गठन भएको छ। कार्यक्रममा चापाकोट नगरपालिका उप प्रमुख बिमला श्रेष्ठ ,नेपाल राष्ट्रिय मगर संघ स्याङ्जा जिल्ला सभापति एवम् चा.न.पा.४. वडा अध्यक्ष बिक्रम सारु ,नेपाली कांग्रेस नगर सभापति राम चन्द्र पज्ञानी , चा .न.पा. वडा १. अध्यक्ष टिकाराम तिवारी , चा .न.पा. वडा ३. अध्यक्ष सुन्दर बिक्रम खाँड, नगरकार्यपालिका सदस्य इसा राना,ने.का. बडा न. १ सभापति कृष्ण प्रसाद भण्डारी, नगर तरुणदल उपाध्यक्ष मीन बहादुर राना लगायत को उपस्थिति रहेको थियोे ।
कार्यक्रम बिरेन्द्र सारुले संचालन गरेका थिए।