काठमाडौं । विघठित संसदको पुनस्थापनाको फैसला गरेको सर्वोच्व अदालतले संसद बैठकका लागी किन १३ दिन तोक्यो ? अनेकन अन्दाजाहरु चलेका छन् ।
तर यसरी १३ दिन तोकिनुमा सर्वोच्वको मिहिन कारण केलाएको छ । नेपालको संविधानत संसदको एक बैठकदेखि अर्को बैठक ६ महिनाभित्रै बोलदाईसक्नुपर्छ । अदालतले सोहि कारण १३ दिनभित्रै संसद बैठक बोलाउने आदेश गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक आव्हान गर्नुपर्ने समय अर्थात १३ दिन बाँकी रहँदा संसद विघटनको सिफारिश गरेका थिए भने सोहीदिन राष्ट्रपति विद्यादेवि भण्डारिले संसद विघठनको सफिारिशलाई सदर गरेकी थिइन् ।
पौष ५ गते संसद विघठन हुँदा संसद बैठकका लागि अर्थात ६ महिना पुग्न ०७७ असार १८ गते संसद बैठक अन्त्य भएको हिसाबले १३ दिन बाँकी थियो ।
फैसला सँगै सर्वोच्वले पौष ५ गतेपछिलाई शुन्य प्रभाव भनि उल्लेख समेत ठहर गरेको छ । यस हिसाबले संसद १३ दिनभित्रै बस्नुपर्ने संवैधानिक व्यावस्थालाई कार्यान्वयन गरेको हो ।