काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएका छन्। प्रधानमन्त्रीले ओली मंगलबार आयोग पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार निर्वाचनको तयारीबारे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउन सुझाव दिएका थिए ।
निर्वाचन आयोगले आफूहरू चुनावको तयारीमा जुटेको र तोकिएकै समयमा चुनाव होस् भन्ने अपेक्षा गरिएको बताएको छ।
यस्तै, नेकपाको आधिकारिकताको विवादबारे पनि आयोगले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको प्रेस सल्लाहकार थापाले बताए ।
ओली समूहका महासचिव विष्णु पौडेलले भने चुनावको तयारीबारेमा छलफल भएको बताए। उनले पार्टी आधिकारिकताको विषयमा भने आफूहरूको पार्टी नै आधिकारिक हुने दाबी गरे।