नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोकमा धर्ना बसेका छन्।
उक्त समूहले आयोजना गरेको आमहड्तालका लागि प्रचण्ड सडकमै धर्ना बसेका हुन्। धर्नामा बसेका नेकपा नेताहरूले दालमोठ, चिउरा र पानी अगाडि राखेका छन्।
यसअघि जुलुसमा नाराबाजी गरेपछि प्रचण्डले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका थिए।