स्याङ्जा । संसद् विघटनविरुद्ध भोलि सोमबार नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूले देशभर प्रदर्शन गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा कांग्रेसका १३ वटै भातृ संस्थाहरू संयुक्त रूपमाा ७७ जिल्लामै एकसाथ प्रदर्शन गर्ने भएका छन् ।
प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा कांग्रेसले हार्दिक अपील गरेको छ ।
‘संसद् विघटन मार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं’ कांग्रेसले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।