बुटवल । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको अबको केही महिनाभित्रै ओलीको स्वेच्छाचारिता अन्त्य हुने बताएका छन् । नेकपाका प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा बिहीबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको विरोध सभामा बोल्दै प्रचण्डलेअबको केही महिनाभित्रै ओलीको स्वेच्छाचारिता अन्त्य हुनेछ र नेपाली जनता विजयी हुने बताएका छन् ।
प्रचण्डले ‘केपी ओलीले अहिले संविधानलाई अतिक्रमण गर्ने, लोकतन्त्रको हत्या गर्ने र कहीं न कहीं आफूलाई श्री ३ महाराजधिराज बन्ने सपना देखेको बताए । उनले थपे ‘तर, २ सय ५० वर्ष पुरानो शाही राजतन्त्रलाई लात्तीले हिर्काएर उसको श्रीपेच खोसेर जंगल पठाउने नेपाली जनताले अबको केही महिनाभित्रै ओलीको निरकुंशता पनि चुट्कीको भरमा ध्वस्त पार्नेछन्’ प्रचण्डले भने, ‘केही महिनाभित्र, केही महिनाभित्र यो ओलीको स्वेच्छाचारिता अन्त्य हुनेछ । नेपाली जनता विजयी हुनेछन् ।’
ओली गलत बाटोबाट हिँडेको भन्दै आफूहरु देशलाई अब नयाँ युगतिर लिएर जाने अभियानमा लागेको प्रचण्डको दाबी थियो ।