माघ ६,स्याङ्जा । आज देशभर नेपाली काङ्ग्रेसले संसद विघटनको विरोध गर्दै सबै वडाहरुमा विरोध सभा गर्न आव्हान गरेको थियो ।
त्यस्तै नेपाली काङ्ग्रेस स्याङ्जाको ९७ वटा वडा अन्तरगत वालिङ नगरपालिका वडा न ४ मा पनि संसद विघटन एवं ओलि सरकारले गरेका अनैतिक क्रियाकलाप विरुद्ध विरोध गरेका छ्न ।
कार्यक्रमको प्रमुख अतिथी एव नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र २ क का क्षेत्रीय सचिव दामोदर लम्सालले सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलिले संविधान माथी लात हानेको तर्क दिएका थिए ।
नेता लम्सालले भने :
ओलिले निर्वाचन गरेर आफू हारेपछी निर्वाचन नै अस्विकार गर्छ्न किनभने उनले संसद विघटन गरे जस्तै निर्वाचन पछिको निर्णयलाई पनि अस्वीकार नगर्लान भन्न सकिन्न
नेता लम्सालले कार्यक्रमलाई सम्बोधन गर्दै सबै नेपालीलाई ओलिले गरेका अनैतिक हर्क प्रती सबैलाई आवाज उठाउन समेत आग्रह गरेका थिए ।
कार्यक्रममा विशिस्ट अतिथी एवं स्याङ्जा तरुण दल क्षेत्र न २ का सचीव दिपक रेग्मिले सम्बोधन गर्दै ओलिले झुटै झुटले जनतालाई झुक्याएको र अब जनता ओलिको झुटो जालमा नफस्ने तर्क दिएका थिए । कार्यक्रममा विशिस्ट अतिथी एवं लोक गायक घनस्याम रिजाल लगाएतले सम्बोधन गरेका थिए ।
विरोध सभा कार्यक्रममा ७ जाना नेकपाका कार्यकर्ता पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेको त्यसै वडाका काङ्ग्रेस वडा सचिव सत्ता बहादुर गुरुङले जानकारी गराए ।
वडाका पार्टी सभापति हरिकिसान गुरुङको सभापतित्वमा भएको कार्यक्रमको स्वागत कमल गुरुङले गरेका थिए भने संचालन सत्ता बहादुर गुरुङले गरेका थिए ।