काठमाडौं । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई तीन दिने स्पष्टिकरण सोधिएको पत्र पठाएको छ। नेता सुरेन्द्र पाण्डेसहित तीन जना नेता बालुवाटार पुगेर ओलीलाई स्पष्टीकरण सोध्ने पत्र बुझाएको छन्।
गत स्थायी समितिको निर्णयअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको हो । जसमा विधानविपरित ओलीका गतिविधि गरेकाले तपाईलाई थप कारवाही किन नगर्ने भनेर ? स्पष्टीकरण माग गरिएको छ ।
नेकपाको पार्टी विधानको धारा ५६ मा अनुशासनको कारवाहीबारे उल्लेख गरिएको छ ।