माघ ३,वालिङ- नेपाली काङ्ग्रेसले आज देशभरका स्थानीय तहमा संसद विघटनको विरोध गरेको छ । देशभरका ७५३ स्थानीय तहमा काङ्ग्रेसले विरोध प्रदर्शन गरेको हो ।
त्यस्तै स्याङ्जाका ११ वटै स्थानीय तहमा समेत संसद विघटनको विरोध कार्यक्रम गरिएको छ ।
वालिङ नगरपालिका
यता वालिङमा गरियको कार्यक्रममा नेपाली काङ्ग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले सरकारको अलोकतान्त्रिक कदमको काङ्ग्रेसले सडकबाट विरोध गरिरहेको बताए । संविधान विपरीत प्रधानमन्त्री ओलिले संसद विघटन गरेको भन्दै संविधान रक्षार्थ काङ्ग्रेस सशक्त ढंगले प्रस्तुत हुने सभापति रानाले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै माहासमिती सदस्य एवं पुर्व मेयर भोजराज अर्यालले नेकपाले संविधान माथी खेलबाड गरेको र अब काङ्ग्रेस चुप नबस्ने तर्क दिएका थिए ।साथै नेता अर्यालले सरकारको असंवैधानिक कदम विरुद्ध सबै नेपाली जनता एक जुट हुनु पर्ने बताए ।
कार्यक्रममा वालिङ नगरपालिका प्रमुख दिलिप प्रताप खाण ,पुर्व जिल्ला उपसभापति मुक्तिप्रसाद सुवेदी ,महिला नेतृ कविता गैह्रे तिवारी लगायतले बोलेका थिए ।
जिल्लाका वालिङ सङ्गै भिरकोट,चापाकोट,गल्याङ पुतलिबजार नगरपालिका सहित अन्य पालिकामा समेत विरोध प्रदर्शन गरेको काङ्ग्रेसले जनाएको छ ।
गल्याङ नगरपालिका
चापाकोट नगरपालिका
भिरकोट नगरपालिका
नगरकार्यसमिती सदस्य सीता थापाको स्वागत सङ्गै शुरु भएको कार्यक्रममा नगर कार्यवाहक सभापती भिमलाल सुवेदीको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचीव भुपराज बगालेले गरेका थिए ।