काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना नेता पक्राउ गरेको विरोधमा विप्लव नेकपाले माघ १० गते नेपाल बन्द आह्वान गरेको छ ।
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको छ ।
नेता कञ्चनको गिरफ्तारीविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्दै विप्लव नेकपाले बन्द आह्वान गरेको हो ।
आज बिहीवार प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले माघ ३ गतेदेखि १० गतेसम्मका संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
ओली सरकारले विप्लवमाथि प्रतिबन्ध लगाउँदै नेता कार्यकर्तालाई पक्राउ गर्दै आइरहेको छ ।