काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको अनुसार योसँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ३७३ छ ।
त्यस्तै कोरोना संक्रमणबाट २४ घण्टामा १० को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ जना रहेको छ ।