शुक्रबार कैलालीको धनगढीमा आफु पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड माधव अहिले सडकमा गाली गलोजमा उत्रिएको आरोप समेत लगाए ।‘ पार्टी कमिटीको बैठकमा नआएर, सडककमा गएर, गाली गलोज गरेर, प्रचण्ड माधव पक्षका नेता कार्यकर्ता भनिएका मान्छेहरु हामीलाई गाली गलोज गरिरहेका छन् । तर हामीलाई गाली गलोज गर्ने फुर्सद छैन । हामीलाई देश बनाउनुछ, उद्योगहरु स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने हाम्रो उदेश्य छ’ ओलीको भनाई छ ।
‘सुगौली सन्धीपछि पनि हामीले लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमि भोगचलन गरेका हौं। ५८ वर्षदेखिे प्रयोग गर्न पाएका छैनौं। त्यसलाई संविधानमा समेटेका छौं,’
‘उक्त भूमि समावेश गरी नक्सा छापियो अनि यही प्रदेशका केहीलाई टाउको दुख्यो र अहिलेको यो असहज स्थिति सिर्जना भयो,’ उनले भने।