काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएदेखि नै तानाशाहको जस्तो प्रबृति देखाउन थालेको बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो मातहत ल्याएर र तानशाह बन्ने प्रयास गरेको नेता खनालले बताए ।
नेकपा सम्पर्क समन्वय कमिटीको शनिबार काठमाडौँमा भएको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्री भएदेखि नै ओलीले अनेक शक्ति केन्द्रहरु आफ्नो मातहत ल्याएको बताउका छन् ।
‘आफै आफै मैमत्त, तानाशाह, र निरंकुशजस्तो बन्नुभयो । गुटको क्याविनेट बन्यो । जसले ऐतिहासिक भुमिका निर्वाह गर्न सकेन’, खनालको भनाइ थियो । ओली सरकारले दलालपुँजीवादी कार्यक्रम ल्याएको भन्दै एस म्यानलाई सभामुख बनाएर एमसीसी पास गर्ने योजनामा ओली रहेपनि त्यसलाई आफुहरुले सफल हुन नदिएको बताए ।