स्याङ्जा – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य मोहन प्रसाद पाण्डेले संसद पुनःस्थापन गर्नु भन्दा अरु विकल्प नरहेको बताएका छ्न ।
संसद विघटनको विरोधमा कांग्रेसले घोषणा गरेको देशव्यापी विरोध कार्यक्रम अन्तगर्गत स्याङ्जाको क्षेत्र न २ को वालिङमा भएको विरोध सभामा उनले प्रधानमन्त्रीले आफ्नो रक्षाका लागि संसद नै विघटन गर्नु कायरता बाहेक अरुक केही नभएको बताएका छ्न ।
ओलीले संविधान विपरीत गएर राष्ट्रपतिको सहारामा संसदको विघटन गर्दा संविधान, लोकतन्त्रविरोधी कदम चालेको बताए ।
पान्डेले भने
“यो असंवैधानिक कदमको पृष्ठभुमिमा टेकेर कुनै पनि किसिमको वैधानिक चुनाम सम्भाव छैन यदि अब आउने मध्यावधि चुनावमा हामी गयौ भने यो वैधानिक हुने छ”
पाण्डेले सांसदले ओलिको सबै आकाङ्क्षा अनुमोदन गर्दा गर्दै पनि ओलिले काम गर्न नसकेका कारणले संसद विघटन गरेको तर्क दिए ।