संसद विघटनको विरोधमा कांग्रेसले घोषणा गरेको देशव्यापी विरोध कार्यक्रम अन्तगर्गत स्याङ्जाको क्षेत्र न २ ले आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै नेता पाण्डेले प्रधानमन्त्रीले आफ्नो रक्षाका लागि संसद नै विघटन गर्नु कायरता बाहेक अरुक केही नभएको बताएका छ्न ।
ओलीले संविधान विपरीत गएर राष्ट्रपतिको सहारामा संसदको विघटन गर्दा संविधान, लोकतन्त्रविरोधी कदम चालेको बताए ।
“यो असंवैधानिक कदमको पृष्ठभुमिमा टेकेर कुनै पनि किसिमको वैधानिक चुनाम सम्भाव छैन यदि अब आउने मध्यावधि चुनावमा हामी गयौ भने यो वैधानिक हुने छैन “
पाण्डेले सांसदले ओलिको सबै आकाङ्क्षा अनुमोदन गर्दा गर्दै पनि ओलिले काम गर्न नसकेका कारणले संसद विघटन गरेको तर्क दिए ।