काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धि अध्यादेश फिर्ता भएको छ । आज बसेको मन्त्रीपरिषद् बेठकले अध्यादेश फिर्ता गरेको हो ।
साथै ताजा जनादेशका लागि मध्यावधि निर्वाचनमा जाने घोषणासहित संसद् विघटनका लगि राष्ट्रपति समक्ष सिफारिश समेत गरिएको छ ।
पछिल्लो समय नेकपाको आन्तरिक विवादका कारण प्रधानमन्त्री ओली उनकै पार्टीभित्र अल्पमतमा परेका थिए । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका विभिन्न नेताहरुलाई भेट गरेका थिए ।