काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका छन्। संसद विघटनका लागि सिफारिस गरेलगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओलीले शितल निवास पुगेका थिए।
यसअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बालुवाटारमा छलफल गरेका थिए।
राष्ट्रपति भण्डारीसँगको भेटका क्रममा ओलीले वैशाखमहिना भरिमैमध्यावधि निर्वाचन गर्न सकिने प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ।
ओलीको संसद विघटनको निर्णयलाई लिएर विभिन्न संवैधानिक र कानुनी प्रश्न उठिरहेका ओलीले नयाँ जनादेशमा जाने गरी कदम चालेका हुन्।