काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर राणा बन्न खोजेको टिप्पणी गरेका छन् ।
उज्यालो नेटवर्कको विशेष कार्यक्रम उज्यालो फोकसमा बोल्दै उनले सारा शक्ति आफ्नो हातमा लिएर ओलीले जंगबहादुर राणा बन्न खोजेको टिप्पणी गरेका हुन् । ओलीको जंगबहादुर शैली सफल नहुने समेत उनको भनाई थियो ।
‘सारा शक्ति ओलीजीले आफ्नो हातमा लिएका छन्, विशेष प्रहरीको कामदेखि, अर्थ मन्त्रालयको कामहरु आफ्नो काम हातमा लिएर जंगे बन्ने बाटोमा गएको छ ।’ उनले भने ।
राष्ट्रपति पनि फस्नुभयो
पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता श्रेष्ठले प्रधानमन्त्रीले आफू अनुकुल राष्ट्रपतिलाई प्रयोग गरेको बताए । उनले राष्ट्रपति ओलीको गलत कदममा फसेको टिप्पणी समेत गरेका छन् ।