स्याङ्जा , नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि रिहाईको माग गर्दै स्याङ्जामा विरोध प्रदर्शन भएको छ ।
आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो।
पौडेललाई पक्राउ गरेको विरोधमा स्याङ्जाको पुतलीबजार र गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले सडकमा नेकपा सत्ताको चरम दुरुपयोग भएको र प्रशासन मार्फत आफ्नो दम्भ देखाएको भन्दै प्लेकार्ड सहित बिरोध पर्दशन गरेका छन्। पुतलीबजारमा नेकाली काङ्ग्रेस स्याङ्जाका कार्यवाहक सभापती वुद्धिवहादुर रानाको नेतृत्वमा नेपाली काँग्रेसका कार्यकर्ता, तरूणदल सहितले विरोध प्रर्दशन गरेका हुन्। विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शनकारीले भष्ट्रचारी सरकार मुर्दवाद , नेकपा सरकार मुर्दावाद , रामचन्द्र पौडेलाई रिहाइ गर भन्दै नारावाजी समेत गरेका थिए ।
त्यसैगरी नेपाली काङ्ग्रेस स्याङ्जाको गल्याङ नगर कार्यसमितीले पनि ओलि सरकारको विरोध गर्दै सडकमा उत्रिएका छ्न। नेकपाले आफ्नो सत्ताको दुरुपयोग पहिल्यै बाट गरेको थियो आजको तनहुँ घटनाले निरंकुशता प्रदर्शन गरेको भन्दै आन्दोलनमा उत्रिएको वताएका छन् । तनहुँ घटनाले सरकार तानासाहि तिर धकेलिएको र यस्ता कार्यवाट काङ्ग्रेस चुप बस्न नसक्ने भन्दै पौडेलको रिहाईको माग गरेका छन् ।