स्व. फूलकुमारी खाँण
वालिङ-१६, मंसिर ।
वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँणलाई मातृ शोक परेको छ । खाँणकी माता फूलकुमारी खाँणको ८६ बर्षको उमेरमा वालिङ ८ स्थित निवासमा आज निधन भएको परिवारले जनाएको छ । स्वर्गीय खाँणमा कुनै पनि दीर्घ रोग नरहेको परिवारले जनाएका छन् ।
स्वर्गीय खाँणका ५ छोरा तथा १ छोरी मध्ये दुई छोराको यस अघि नै निधन भइसकेको छ ।
स्वर्गीय फूलकुमारी खाँणको भोलि बिहान रामनदीधाम राम्दीमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारका सदस्य एबं समाजसेवी बिष्णु प्रताप खाँणले जानकारी दिए ।
स्वर्गीय फूलकुमारी खाँणका पति स्वर्गीय यम बहादुर खाँण बिक्रम सम्वत २०१५ सालका सांसद हुन् ।
खाँण परिवार ग्रह्रौकोट राजखानदान अन्तर्गतको परिवार हो ।
स्व. फूलकुमारी खाँण