१५ मङ्सिर वालिङ । स्याङ्जाको वालिङ न.पा ५ का २७ जना नेकपाका कार्यकर्ताले पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका छन ।
उनीहरुलाई नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार राना , नेपाली काङ्ग्रेस प्रदेश ‘क’ का सभापति अर्जुन प्रकाश अर्याल , क्षेत्रीय सभापति इश्वर खाण , वालिङ नगरपालिका प्रमुख दिलिप प्रताप खाण , उपप्रमुख कल्पना तिवारी, जिल्ला कार्यसमिति सदस्य पृथ्वी पोख्रेल लगाएतले पार्टीमा अबिरमाला लगाएर स्वागत गरेका थिए ।
काङ्ग्रेस नेता छवि आलेकाअनुसार कार्यक्रम वालिङ ५ जर्कोटमा आयोजना गरिएको थियो ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै स्याङ्जाका कार्यवाहक सभापतिले पार्टी प्रवेश गर्ने नयाँ साथीहरुले लगाएको रातो सिन्दुरको प्रतिक जितको भएको बताए ।
त्यसैगरी प्रदेश ‘ क’ क्षेत्रीय सभापती अर्जुन प्रकाश अर्यालले कार्यक्रकमा बोल्दै नेपाली काङ्ग्रेसले हार्दा स्याङ्जा जिल्ला मात्र होइन, पुरै देश हारेको अर्यालले बताए ।
कार्यक्रमा वालिङ नगरप्रमुख दिलिप प्रताप खाण ,उपप्रमुख कल्पना तिवारि, इश्वर खाण लगाएतले बोलेका थिए ।
नेकपाका नेताहरुलाई समाज र जनताप्रति चिन्ता नहुँदा युवाहरुको आशा कांग्रेसमै रहेको कांग्रेसको बुझाई रहेको उनले बताए । सरकार नागरिककाे समस्या सम्बाेधन गर्न नसकेकाे, चौतर्फी आलोचना हुँदा पनि सुध्रने कुनै छाँटकाँट नदेखाएकाे साथै आफ्नालाई मात्र हेर्ने प्रवृत्ति नेकपामा हाबी भएकाेले कांग्रेस प्रवेश गरेकाे युवाहरूकाे भनाई छ । दुई तिहाइको कम्युनिष्ट पार्टीको सरकार देश र जनताको विकासभन्दा पनि अनियमितता र भ्रष्टाचारमा लिप्त भएको नवप्रवेशीहरुले आरोप लगाएका छन् ।
वालिङ ५ का वडादक्ष्य ढाकाराम पङ्गेनिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य छवि आलेले गरेका थिए भने कार्यक्रमको संचालन तिलक गुरुङले गरेका थिए ।