Himdut.com
२७ असोज
कोरोनाले अहिले नेपालमात्र नभएर विश्वमा पनि आतंक मच्चाउदै आएको छ । त्यसैगरी स्याङ्जामा पनि समुदायमा कोरोना संक्रमण फैलन सुरु गरेको छ ।
स्याङ्जाको चापाकोटमा संचालित निशुल्क आँखा शिविरमा आँखा परिक्षण गर्न आएका बिरामीका कोरोना संक्रमण पुष्टि भएको छ । उक्त शिविर बि एम फाउन्डेसनले संचालन गरेको हो । शिविरमा आएका बिरामी तथा चिकित्सक / आयोजकको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ गर्दा १४ जानामा कोरोना संक्रमण देखिएको हो । फाउन्डेसन अध्यक्ष तथा शिविरको आयोजक बुद्धिमान श्रेष्ठ र आँखा परिक्षण गर्न आएका चिकित्सकको सम्पर्कमा आएका सबैजानाको परिक्षण शुरु गरिएको चापाकोट नगरपालिकाले जानाएको छ ।
पहिलो चरणमा ३९ जानाको स्वाव संकलन गर्दा १४ जानामा कोरोना पुष्टि भएको हो । १० जाना पुरुष र ४ जाना महिला गरि १४ जानामा कोरोना संक्रमण पुष्टि भएको छ ।