Himdut.com
भवानी अधिकारी स्याङ्जा-१९ असोज ।
भीरकोट नगरपालिका ५ स्वरेक मैदानस्थित सो स्कुल झण्डैं ७ महिनादेखि बन्द थियो। कोरोना कहरका बीच सुरु भएको प्रशिक्षणमा स्कुलले ४० प्रतिशत छुट दिएको स्कुल संस्थापक एवं प्रमुख प्रशिक्षक सानुवाबु सुनुवारले जानकारी दिए। साहसिक खेलाडी सानुवाबु सुनुवारको पहलमा राज्यले करिब ५ वर्षअघि स्कुल संचालनको अनुमति दिएको हो। स्कुलको प्रमुख उदेश्य दक्ष प्याराग्लाइडिङ पाइलट उत्पादन गर्ने हो भने अहिलेसम्म ७ सयभन्दा बढीले प्रशिक्षण पुरा गरेको अध्यक्ष कृष्णजंग केसीले बताए। उनले भने ‘विद्यालयमा अहिलेसम्म २ सयभन्दा बढीले आधारभूत तहको र ५ भन्दा बढीले एड्भान्स तहको प्रशिक्षण लिइसकेका छन्।’ एडभान्स प्रशिक्षणका लागि अन्य क्षेत्रबाटसमेत आउने गरेको उनको भनाई छ। ‘प्याराग्लाइडिङ सिक्नेका लागि सूरुमा १५ दिनको आधारभूत कोर्ष हुन्छ। त्यसपछि एडभान्स, इन्टरमिडियट अनि टेन्डम प्रशिक्षण कोर्स पुरा गरिन्छ। १५ दिनको आधारभूत तालिममा सैद्धान्तिक एवं व्यवहारिक कक्षा स्वरेक मैदानमा हुन्छ। त्यतिबेलासम्म प्रशिक्षार्थी एक्लै उड्ने, झर्ने, माथि आकाशतर्फ उड्न सक्ने हुन्छन्।’ प्रशिक्षक सुनुवारले थपे ‘त्यसपछि समय र विभिन्न भौगोलिक क्षेत्र र स्थान बढाउँदै दुई जनासम्म उडाउन सक्षम भएपछि मात्र लाइसेन्स दिन्छौं।’ आधारभूत कोर्सपछि २ सय घण्टा आकाशमा उडेपछि मात्र टेण्डम प्रशिक्षणमा सहभागी हुन पाउछन्।
जोखिम र साहसिक खेल भएका कारण प्रशिक्षार्थीलाई धेरै मेहनत गराउँदै सक्षम बनाउने स्कुलको उदेश्य रहेको अध्यक्ष केसीको भनाई छ। अध्यक्ष केसी भन्छन् ‘आधारभूत कक्षा आवश्यकता र माग बमोजिम खुलाइन्छ भने टेण्डम कक्षा वर्षको २ पटक मात्र खुल्छ।’ पेशा र शोख दुवैका लागि प्याराग्लाइडिङ सिक्न चाहनेको लागि दुबै स्वस्थ आँखा, दुवै कानले राम्रोसँग सुन्ने, एसएलसी वा सो सरह, अन्य जटिल रोग नभएका र १८ देखि २२ वर्षका युवायुवती योग्य मानिन्छन्।
साहसिक खेलाडी सुनुवार, दामोदर पराजुलीसहित विदेशीले पनि प्रशिक्षण दिने गरेका छन्। विगतमा आफुले विदेशमा पुगेर प्याराग्लाइडिङ सम्बन्धी प्रशिक्षण र लाइसेन्स लिँदाका कठिन यात्रा सम्झदै सुनुवार भन्छन —’यहा संचालित स्कुलबाट धेरै सुखद, कम खर्चमै र सहज सिकाई हुनेछ। सुनुवारले सन २००८ मा अमेरिकामा प्याराग्लाइडिङको प्रशिक्षण लिएको र सन् २०११ मा स्वीटजरल्याण्डबाट लाइसेन्स लिएको जानकारी गराए।
लाइसेन्स नविकरणका लागि पनि विदेशमै जानु पर्ने बाध्यता थियो।’ अब भने ती समस्या सबै हटेका छन्। नेपालमै बसेर प्रशिक्षण, लाइसेन्स र नविकरण गर्न सक्ने भएका छन्। सुनुवारले सन् २०१२ मा विश्वकै साहसिक अवार्ड पाएका थिए। सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट प्याराग्लाइडिङमा उडेर हामफालेर उनले नेशनल जियोग्राफीले वर्षकै साहसिक अवार्ड दिएको हो। सुनुवार प्याराग्लाइडिङसँगै साइक्लिङवर क्वालाइम्बिङमा पनि पोख्त छन। करिब ४० वर्षीय सुनुवारले विभिन्न दर्जनौं देशमा पुगेर साहसिक रेकर्ड कायम गरेको सुनाए। मैदानको भीरपाखा जग्गा किनेर लाखौ रुपैंया खर्चेर उनले बाबु एडभेन्चर स्कुल नै संचालनमा ल्याएका हुन। नेपाल सरकारबाट प्याराग्लाइडिङ स्कुल संचालनका लागि अनुमतिप्राप्त विद्यालय हो।कुराकानी सकियोसन्देश टाइप गर्नुहोस्…