१८ असोज।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका छन् । काठमाडौंबाट भैरहवा हुँदै बुटवल आउने क्रममा राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि पोखरेल सवार गाडीमाथि कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् ।
कडा सुरक्षाबीच भैरहवाबाट बुटवल आएका मुख्यमन्त्री सवार गाडीमा बुटवलको राजमार्ग चौराहानजिक ढुंगा प्रहार भएको हो। ढुंगा प्रहार भएपछि प्रहरीले हवाई फायर गरेको थियो । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ ।