एक जना जीवित उद्दार, ठूलो मानवीय क्षति अनुमान, उद्दार कार्य जारी
वालिङ, ८ असोज ।
अबिरल बर्षाका कारण स्याङ्जा वालिङ नगरपालिका वाड नं १४ तमादीमा पहिरोले घर पुरिदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ । माया परियारको घर पहिरोले पुरिदा उनको ९ जना घर भित्रै परेको अनुमान प्रहरीले गरेको छ ।
आज बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीय समाजसेवी राजु कुँवरले जानकारी दिए । १० जनाको परिवार रहेकोमा एक जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ भने एक जना महिलाको शव बाहिर निकालिएको उद्धारमा खटिएका स्थानीय रामचन्द्र खनालले जानकारी दिए ।
घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको बताइएको छ ।
अझै घर भित्रै ८ जना रहेको र दुई जनाको टाउको देखिएको उद्धारमा खटिएका खनालले जानकारी दिए । प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।
यसैबीच
तीन दिनदेखि परेको अविरल वर्षासगै आएको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलमा एक जनाको ज्यान गएको छ ।
पहिरोमा परि बाबुराम दमाइका अन्दाजी १७ वर्षीय छोरा विष्णु परियारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घरमा सुतिरहेको अवस्थामा आज बिहान करिब २ बजे घर माथिबाट खसेको पहिरोले उनी पुरिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ