स्याङ्जा, १ जेठ ।
रुपन्देही लगायतका जिल्लाहरुमा कोरोना संक्रमण वढे संगै स्याङ्जामा लकडाउनलाई थप कडाइ गर्ने भएको छ । जिल्ला स्थित कोभिड १९ विपत व्यवस्थापन समन्वय समितीको विहिवार बसेको वैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासीमा समेत संक्रमणको अवस्थालाई मध्येनजर गर्दै केही दिनदेखि हल्का खुकुलो भएको लकडाउन पुन कडाई गर्न निर्देशन गरिएको जनाइएको छ ।
जिल्ला समन्वय समिती प्रमुख सिता सुन्दासको अध्यक्षतामा बसेको जिल्ला स्तरीय कोभिड १९ समन्वय समितीको बैठकले प्रदेश नाका तथा जिल्लाका नाकामा उच्च सतर्कताका साथ कडाई गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले जानकारी दिए ।
प्रदेश नं. ५ को नाका राम्दीमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ भने कास्कीको सिमाना कुभिण्डेमा समेत कडाई गरिएको छ । सरकारले विगतमा जारी लकडाउन अवधीका पास स्वत रद्द भई हाल सरकारले तोकेका भन्दा वाहेकका सवारी साधन प्रवेशमा निषेध गरिएको समेत कुरुम्वाङले जानकारी दिएका छन् ।
जिल्ला बाहिर अत्यवश्यक कामका लागी जानु परेमा दुवै जिल्लाका प्रशासन कार्यालय संग समन्वय गरेर मात्र जाने व्यवस्था गरिएको छ । भने खाद्यान्न वाहेकका ढुवानीका साधनलाई समेत रोक लगाइएको छ । यस अघि ताजा तरकारी अन्य जिल्लावाट आयातमा रोक लगाइसकेको थियो ।
वैठकले पछिल्लो दिनमा कोरोना संक्रमित संख्या बढिरहेका बेला हाल सम्म आँशिकरुपमा सन्चालनमा रहेका बैंक तथा वित्तिय संस्था, सहकारी तथा फाइनेन्सहरु समेत जेष्ठ ५ गतेसम्म अत्यवश्यक बाहेक वित्तिय कारोबार गर्न नपाउने भएका छन् । बैठकले ५ गतेसम्म वित्तिय संस्थाहरुले अत्यवश्यक बाहेकको कोरोबार नर्गन, सेवा काउन्टर खुला नगरी सिमित संख्याबाट कर्मचारीबाट मात्रै आन्तरिक रुपमा अत्यवश्यक कारोबार गर्न आग्रह गरेको छ ।
बैठकमा जिल्लालाई संक्रमणवाट जोगाउन परिक्षणको दायरा वढाउन समेत छलफल भएको थियो भने महामारी नियन्त्रणका लागि अपनाईने सुरक्षा तथा स्वास्थ्य सामाग्रिको उचित प्रवन्ध मिलाउने विषयमा समेत छलफल भएको थियो ।
स्याङ्जामा एक हजार जनाको कोरोना परिक्षण गरिएको छ । जिल्लामा अहिलेसम्म १ सय २ जनाको पिसिआर र ८ सय ९८ जनाको आरडिटि परिक्षण गरिएको छ ।
लकडाउनको अवधिभर यहाँका क्वारेन्टाईनमा बसेका, होम क्वारेन्टाईनमा बसेका, शंकास्पद, विदेशबाट आएका तथा तिनका परिवार गरी एक हजार जनाको कोरोना परिक्षण गरिएको हो । हालसम्म जिल्लामा संक्रमणको अवस्था सामान्य रहेको वताइएको छ ।