काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री केपी ओलीले आज वुधवार अपरान्ह सर्वदलीय बैठक बोलाएका छन् । भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि विकसित घटनाक्रमका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक गर्न लागेका हुन् ।
नेपालका तर्फबाट एकीकृत धारणा बनाउनका लागि बोलाइएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरुलाई पनि निमन्त्रणा गरिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साढे ४ बजे बोलाइएको जानकारी प्राप्त भएको छ ।
धारतको धार्चुलाबाट चीनको मानसरोवर जान नेपालको दार्चुला जिल्लाको लिपुलेक–कालापानी हुँदै डेढ दशकदेखि सडक निर्माण गरिरहेको भारतले गत शुक्रबार उक्त सडक ट्रयाकको उदघाटन गरेको थियो । भरातीय रक्षामन्त्री राजनाथ सिंहले उक्त सडक मार्ग उदघाटन गरेपछि नेपालमा यसको विरोध भएको छ ।