वालिङ, १९ फागुन ।
स्याङजाको वालिङमा दोस्रो आर्हान्ट स्मृती कपको आयोजना गरिने भएको छ । वालिङ युवा क्लबको आयोजनामा यही फागुन २२ गते देखी आर्हान्ट स्मृती कप शुरु हुने आईतबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
वालिङ—८ स्थित खेलमैदानमा हुने स्मृती कपमा जिल्ला स्थित १२ बिद्यालयको सहभागीता हुने वालिङ युवा क्लबका सचिब भिम प्रसाद पंगेनीले बताए । विद्यार्थीको प्रतिभाको खोजी पनि हुने र खेलाडी पनि उत्पादन हुने यो प्रतियोगिताले स्याङ्जालाई चिनाउन मद्दत पुग्ने पंगेनीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
१२ बर्ष मुनिका बिद्यार्थीहरुलाई लक्षित गर्दै सेभेन ए—साईड प्रतियोगिता फिफाको नियम अनुसार खेल खेलाईने आयोजकको भनाई छ ।
वालिङ घर भई हाल वेलायतमा बसोवास गर्दै आइरहेका कुमार थापाको छोरा स्व आर्हान्ट सन् २००५ मे २१ मा बेलायतको रेडिङ शहरमा जन्मिएका थिए । बाल्यकाल देखीनै फुटबल खेलमा रुची भएका आर्हान्टको ब्रेन एन्टेरियोभेनस माल फर्मेशनको कारण ११ बर्षको उमेरमा निधन भएको थियो । उनकै सम्झनामा आर्हान्ट स्मृती कपको आयोजना गरिएको र उनको उमेरका उमेरका बालवालिकाहरुलालाई प्रतियोगितामा सहभागी गराई खेल खेलाईने खेल संयोजक राजन थापाले बताए ।
प्रतियोगितामा पहिलो , दोस्रो र तेस्रो स्थान हाँसिल गर्ने टिमले क्रमश पन्ध्र हजार, दश हजार, पाँच हजार, नगद शिल्ड र प्रमाण पत्र पुरस्कार राशि तय गरिएको समेत आयोजकले जानकारी दिएका छन् । रनिङ् सिल्ड प्रतियोगिता अनुसार गतबर्ष बालविद्या विकास माविले हासिल गरेको थियो ।
खेल प्रतियोगिता फागुन २४ गते समापन हुने छ । खेलको सबै आर्थिक खर्च स्वर्गिय आर्हान्टका पिता तथा यस कपका संरक्षक कुमार थापाले गर्नेछन् ।
‘मेरो छोराको सपना फुटबल खेलेर नेपालको नाम बिश्व सामु परिचित गराउने थियो, आज सबै खेलाडीलाई आर्हान्ट सम्झेको छु । धेरै आर्हान्ट वालिङ खेलमैदानले जन्माउनको लागी स्मृती कपले भूमिका खेल्नेछ ।’ थापाले भने ।
आर्हान्टको सम्झनामा यसअघिको प्रतियोगिता ट्रिनिटी क्लबको आयोजनामा सम्पन्न भएको थियो भने यस पटक वालिङ युवा क्लबले आयोजना गर्नेछ । यस कपलाई निरन्तरता दिन आगामी बर्षका लागि अक्षय कोष खडा गरेर अगाडी बढाईने क्लवका कोषाध्यक्ष सुरेश श्रेष्ठले जनाकारी दिए ।