काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच गोप्य भेट भएको छ । बिहिबार बिहान प्रधानमन्त्री निवासमा बालुवाटारमा पुगेका शेखर कोइराला निकै समय बसेर निस्किएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्रीले डा कोइरालासँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने गरी निर्णय गरेकोमा एकाएक ओली त्यसको विपक्षमा देखिएपछि नेकपाभित्रको विवाद सहतमा मात्रै आएको छैन कतिपयले पार्टीभित्र विभाजनको रेखा समेत देखिएको टिप्पणी गर्न थालेका छन् ।
पार्टीभित्र गम्भीर मोड उत्पन्न भइरहेको बेला ओलीले काँग्रेस नेता कोइरालाले भेटवार्ता गरेका हुन् । बिहीबार बिहान करिब डेढ घण्टा भएको भेटवार्तामा कोइरालाले प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाएका थिए ।
भेटमा राष्ट्रिय राजनीति, बाँस्कोटा प्रकरण, संविधान संशोधन, नेकपा भित्रको चलिरहेको आन्तरिक कलह र कांग्रेस पार्टी र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
कोइराला निकट स्रोतका अनुसार पछिल्लो घटनाक्रमले प्रधानमन्त्री ओली निकै चिन्तामा देखिएको बताइएको छ । पछिल्ला केहि घटनाले सरकार र राजनीतिप्रति जनतामा निराशा पलाएको कोइरालाले ओलीलाई बताएका थिए ।
कोइरालाले व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्दा कुनै पनी बेला मुलुक दुर्घट्नामा पर्न सक्ने बताएका थिए । स्रोतका अनुसार उनीहरूबिचको भेटले नेपाली कांग्रेस भित्र भने तरङ्ग उत्पन्न भएको छ ।