हिमदुत डेक्स
वालिङ, १९ माघ । दोस्रो संस्करणको भीरकोट महोत्सव नजिकिदै जाँदा यतिवेला बयरघारी बजारमा महोत्सवको रौनकता वढेको छ । भीरकोट उद्योग वाणिज्य संघको आयोजनामा आगामी फागुन १ देखि ११ गते सम्म बयरघारीमा ‘समृद्ध भीरकोट महोत्सवको आधार, कृषि, पर्यटन, आँधीखोलाको उपाहार’ भन्ने मुल नाराका साथ गण्डकी प्रदेश स्तरीय औद्योगिक, कृषि पर्यटन, साँस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेलाको रुपमा दोस्रो भीरकोट महोत्सव २०७६ आयोजना गरिएको छ ।
महोत्सवले,
अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको व्यापार व्यवसाय, उद्योग र उत्पादनको प्रवद्र्धन
गर्नुका साथै स्थानीय कृषि तथा पशुपालन, पर्यटनलगायत अन्य पेशासंग सम्बन्धित विभिन्न क्षेत्रको उत्थान गरी स्थानीय जनताको क्रयशक्तिमा वृद्धि ल्याउन मद्दत गर्ने विश्वास लिइएको आयोजक भीरकोट उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सव विभिन्न राजनीतिक दल, सरकारी निकाय, सामाजिक संघसंस्था, वित्तीय संस्था, शैक्षिक संस्था, धार्मिक संस्थाहरु, जातीय समाजहरु, नागरिक समाजलगायत समग्र सबै पक्षको साझा मञ्चको रुपमा आपसी सद्भाव एवं समन्वय तथा माया बाँड्न सफल हुनेछ भन्ने अपेक्षा गरिएको छ । महोत्सवको तयारीका विषयमा रहेर महोत्सव मुल आयोजक समितीका संयोजक भक्तवहादुर केसी र प्रमुख आकर्षकको रुपमा रहेको सास्कृतिक उपसमितीका संयोजक तुलसी प्रभास संग भीरकोट महोत्सवको तयारी र महोत्सव विगतको भन्दा पृथक कसरी हुन्छ भनेर सोधेका थियौं ।
भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितीका संयोजक भक्तवहादुर केसी
देशभर
महोत्सवको माहौल चलिरहेको छ । महोत्सवलाई
केवल महोत्सवमा मात्र सीमित राख्नु हुँदैन् । विगतमा भएका
महोत्सवका अनुभवलाई आधार बनाएर हामीले कृषि र पर्यटनलाई व्यावसायिक
र आयआर्जनको माध्यम बनाउन जोड दिएका छौं । देश संघीयतामा
गइसकेको छ, यसलाई व्यवस्थित
बनाएर कृषिलाई दिगोपना र पर्यटन क्षेत्रका
पूर्वाधार निर्माण गर्न सकेको खण्डमा मेला महोत्सवको अर्थ हुनेछ ।
कृषिमा
आधुनिकीकरण गर्दै प्रविधिमा आधारित पेसा बनाउन सकेको खण्डमा आयआर्जन र पेसा व्यावसायिक
बनाउनेतर्फ लाग्नु आजको आवश्यकता हो । नेपाल
कृषि प्रधान देश भनिरहने तर त्यसको व्यावसायिकीकरण
नगर्दासम्म नारा केवल फिक्का हुन्छन् ।नेपाल त्यसमा स्याङ्जा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएर पनि त्यसको व्यवस्थित विकास हुन सकेको छैन । पर्यटनमा पूर्वाधार
बनाएर जिल्ला भित्रने पर्यटकको बसाई लम्ब्याउन सकेको खण्डमा पर्यटन क्षेत्र आर्थिक विकासको आधार हुने थियो । यस अर्थका
लागि पनि हामीले आयोजना गरेको महोत्सवले टेवा पुग्नेछ भन्ने विश्वास लिएका छौं ।
स्थानीय बजार, कृषि, पर्यटन प्रबद्र्धनका लागि महोत्सव गर्ने हो । हामीले दोस्रो पटक गर्दै छौं त्यसैले अघिल्लो पटकको अनुभवलाई हेर्दा यो आवश्यकता हो र यस्ता महोत्सवले आर्थिक क्षेत्रमा ठूलो टेवा पुर्याउँछ । यहाँ रहेका व्यवसायीहरुलाई व्यवसाय गर्न समेत यो महोत्सवले सिकाउछ । अर्कोतर्फ महोत्सववाट बचत रकमवाट भीरकोट उद्योग वाणिज्य संघको अत्यावश्यक भवन निर्माणका लागि सहयोग पुग्ने विश्वास लिएका छौं । जसरी वालिङ महोत्सव वालिङ नगरपालिकाको पहिचान बनेको छ त्यसैगरी भीरकोट महोत्सव भीरकोट नगरवासीको पहिचान वनोस भन्ने हाम्रो अपेक्षा हो ।
महोत्सववाट भीरकोटमा रहेका विभिन्न जातजातीको पहिचान, संस्कृतिको सम्वद्धन, यहाँको पर्यटकीय आकर्षणको रुपमा रहेको शाहसीक प्याराग्लाईडिङ, खेल र खेलाडीको लागि भलिवल, कृषि उत्पादनको प्रदर्शनी, हस्तकला सामाग्रिको प्रर्दशनी, ऐतिहासिक भीरकोटको महत्व र नेपाल भ्रमण वर्ष २०२० लाई विश्व सामु पुर्याउन यो महोत्सवले टेवा पुर्याउने विश्वास लिएका छौ । महोत्सव सफल पार्न भीरकोट नगरपालिका, यहाँ क्रियाशिल राजनीतिक दल, संघ संस्था, आमा समुह, यूवा क्लव लगायत सम्पूर्ण नगरवासी एकवद्ध भएर लागि परिरहेका छन् । यस पटक महोत्सवमा दर्शकको उत्साहजनक उपस्थिती रहने अपेक्षा गरिएको छ । भीरकोट महोत्सव ऐतिहासिक महोत्सव बन्ने छ ।
सांस्कृतिक उप समिति संयोजक तुलसी प्रभास भन्छन
नेपालमा महोत्सव धेरै भए र भैरहेका पनि छ्न् । तर भीरकोट महोत्सव अलि फरक प्रकृतिको महोत्सव बनाउने भनेर हामी लागिरहेका छौँ । सबैभन्दा महत्वपूर्ण त महोत्सव के का लागी र कसका लागी भन्ने सवाल प्रमुख हुन जान्छ ।
महोत्सवले स्थानीय जनतालाई अपनत्व महसुस गराउन सकेन भने त्यस्तो महोत्सवको कुनै अर्थ रहदैन । भीरकोट महोत्सवमा हामी यसतर्फ निकै गम्भीर छौँ । महोत्सव भीरकोट र यसको फाइदा भीरकोटवासेका लागी भन्ने पहिलो प्राथमिकता हुनुपर्छ भन्नेमा हामी गम्भीर छौँ ।
म आफू भीरकोटमै जन्मेर नेपाली लोक संस्कृतिको अनुसन्धानमा क्रियाशील रहेकाले मेरो जिम्मेवारीमा रहेको स्टेज कार्यक्रम केही विशेष बनाउने तयारीमा छौँ । हामीले गाउँमा, घरमा, मझेरी र पिँढिमा सिमित रहेका साँस्कृतिक झलकहरू स्टेजमा उतारेर उनीहरूलाई पनि सम्मान हुने र दर्शकहरूलाई पनि नयाँ स्वाद दिलाउने तयारीमा छौँ ।
भीरकोट महोत्सवको स्टेज प्रथमतः भीरकोटवासी प्रतिभाहरूका लागी हुनेछ, दोश्रो स्याङ्जालीका लागि हुनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कलाकारहरू त आवश्यकता अनुसार स्टेजमा देख्न सकिनेछ । भीरकोट नगरपालिकाभित्र बसोबास गर्ने १८ प्रकारका जातजातिका सबै सांस्कृतिक झलकहरू एक एक गरी प्रस्तुत गराउँदै छौँ । साथमा लोकभजन प्रतियोगिता, नौमती बाजा प्रतियोगिता, रत्यौली प्रतियोगिता, विद्यालय तथा क्लब स्तरीय लोक नृत्य प्रतियोगिता पनि संचालन हुनेछ्न् ।
यहाँका प्रतिभाशाली बालक, युवा र वृद्ध सबैका प्रतिभाको समष्टि मिश्रण यो महोत्सवको स्टेजको प्रमुख आकर्षण रहनेछ । त्यसैगरी लोक दोहोरीमा नेपालमा निकै ख्याती कमाएको इन्द्रेणी समूहको प्रस्तुति पनि यहाँ रहनेछ ।साथमा फेवा चौतारीको प्रस्तुति पनि रहनेछ । गीत सबैले सुनेका तर कलाकार देख्न नपाएका चर्चित कलाकारहरू यो महोत्सवको स्टेजमा प्रत्येकदिन उपलब्ध हुनेछ्न् । हामी भीरकोटका प्रतिभाहरूलाई सम्पर्कमा आउन आह्वान गरिरहेका छौँ ।
भीरकोटका सबै जातजाति, धर्म, सम्प्रदाय र प्रतिभाहरूको साझा चौतारी भीरकोट महोत्सवको स्टेज हुनेछ । त्यसैले यो महोत्सव भीरकोटको, भीरकोटका लागि र भीरकोटद्वारा नै आयोजना गरिएको महोत्सव हो ।