स्याङ्जा, १७ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विभिन्न माग राखि आमरण अनशनमा बसेका विद्यार्थी नेता नवराज त्रिपाठीको समर्थन र नेविसंघको विधान रक्षार्थ पार्टीमा मौलाएको भागबण्डा तथा बेथिती बिरुद्ध विद्यार्थी नेता दिपक न्यौपानेको नेतृत्वमा स्याङ्जामा पनि रिले अनशन बसेका छन् ।
नेपाली कांग्रेसले भर्खरै मात्र आफ्नो कार्यकर्ता उत्पादन गर्ने नर्सरीको रुपमा रहेको नेपाल विद्यार्थी संघको तसर्थ समिती घोषणा गरेको छ । सभापति सेर बहादुर देउवा, बरिस्ठ नेता रामचन्द्र पौडेल, त्यस्तै पार्टी भित्र तेस्रो शक्तिको रूपमा उदाएका कृष्ण प्रसाद सिटौला बिच सहमतीमा तदर्थ समिती गठन गरिएको बताइए पनि विद्यार्थीमा भने सन्तुष्टि देखिदैन।
नेता नवराज त्रिपाटि को नेतृत्वमा पार्टी कार्यालयमै आमरण अनशन बसि आज मात्र अनशन तोडेका छन । यता स्याङ्जामा पनि नेपाल विद्यार्थी संघले बिरोध जनाउ गर्दै रिले अनशन बसेको छ । विद्यार्थी नेता दिपक न्यौपानेको नेतृत्वमा बिरोध स्वरुप रिले अनशन बसेका हुन।
अनशनमा विद्यार्थी नेताहरु संघको जिल्ला कोषाध्यक्ष धुर्व पङ्गेनी, जिल्ला सदस्य ऋषि बस्याल, युवराज गुरुङ लगाएत करिव ५० जना विद्यार्थी नेताहरुले बिधान सम्मत तदर्थ समिति आउनुपर्ने माग राख्दै अनशन बसेको जनाएका छन्।
अनशन पछि नेता दिपक न्यौपानेले पार्टीले टिके प्रथाको अन्त्य गर्नुपर्ने, बिधान सम्मत ३२ बर्ष मुनिकै समिती हुनुपर्ने जस्ता कुरामा आफुहरु लागिपरेको हुनाले र पार्टीमा भएको ब्यक्ति हाबि हुने प्रवृत्तिको बिरोध गरेको बताए। आफुहरु सबै तह देखिनै बिरोधको तयारी समेत गरेको नेता न्यौपानेले जानकारी दिए।
नेबिसंघको बिधान २०२७ को सातौँ संशोधन कार्यान्वयन भई ३२ वर्ष उमेर हद लागी २० जिल्ला अधिबेशन सम्पन्न भइसकेको, ४० जिल्लामा तल्लो तहको अधिबेशन भएको र १६ जिल्लामा अधिबेशनको प्रकृया शुरु भइसकेको अवस्थामा केन्द्रीय समिति पनि ३२ बर्षभन्दा कम उमेरका विद्यार्थीलाई राखेर बनाउनु पर्ने माग उनीहरुको छ ।