नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पुतलीबजार नगरपालिकाको करेण्डाँडामा द रोड साइड क्याफेमा पर्यटकलाई लक्षित गर्दै बाँसद्वार निर्माण गरिएको टोकरीमा अहिले पहेला सुन्तला विक्रि वितरणका लागि राखिएको छ ।
व्यापारको नयाँ शैली क्याफेका सन्चालक कृष्णजँग केसीले व्यापार संगै सुन्तला उत्पादनका लागि प्रख्यात स्याङ्जाको चिनारीका लागि टोकरीमा राखेर सुन्तलाको प्रवर्दन गरिएको जानकारी दिएका छन् । उक्त ठाँउ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरर्गत सुन्तला सुपरजोनको विक्रि स्थलको रुपमा राखिएको छ ।