दाङ, ५ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित गर्नु पर्ने बताउनु भएको छ । प्रेस युनियन दाङले आइतवार दाङको तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पालामा एमसीसीको सम्झौता भएको र यसको पक्षमा कांग्रेस रहेको बताउनु भएको हो ।
देउवाले नेपालमा पहिलो पटक अमेरिकाले ठुलो राशी आर्थिक सहयोग गर्न लागेको भन्दै यो धेरै महत्वको कुरा भएकाले कुनै पनि हालतमा नरोक्नु पर्ने बताउनुभयो । उहाँले आफ्ना पाला सम्झौता भएको भएता पनि यसलाई अहिलेको सरकारले अगाडी बनाउने आफु विश्वस्त रहेको उहाँको भनाई थियो ।