भवानी अधिकारी
स्याङ्जा, ८ पौष ।
युवा पुस्तामाझ एकदमै चर्चित गायक तथा मोडल हुन दुर्गेश थापा । जो पछिल्लो समय नाम र दाम कमाउन एकदमै सफल युवा कलाकार हुन । उनी जति हेन्सम छन त्यो भन्दा ठूलो उनको क्रेज छ भन्ने कुरा स्याङ्जा महोत्सवमा उनी स्टेज चढेपछि दर्शकको भिड र धमकेदार प्रस्तुतीले महोत्सवको रौनक वढाएको थियो ।
बाग्लुङ गल्कोटमा जन्मिएका चक्लेटी गायक दुर्गेस थापाले स्याङजा आएर दर्शकको मन जितेका छन् । चर्चित युवा गायक थापालाई आफनै ठाउँमा भेट्न पाएपछि महोत्सवका दर्शक पनि खुशी देखिन्थे ।
स्याङजा जिल्ला उद्योग वाणिज्य संघद्धारा आयोजित छैटौं महोत्सवको दोश्रो दिन उनले झण्डैं ६÷७ वटा गीत गाएर र आफुसंगसैगै दर्शकलाई पनि नचाउन सफल बने । सबै उमेर समूहले थापासंगेै गाएर र नाचेर झुमेका थिए ।
पुतलीबजार नगरपालिका १ स्थित मालेबगरमा जारी महोत्सवमा पहिलो पटक स्याङजा आएको बताउदै उदघोषक एवं लोकगायककार घनश्याम रिजालले थापालाई मंचमा बोलाएसंगै महोत्सव भर्न आएका दर्शकले भब्य स्वागत गर्दै दर्शक दिर्घावाटै उनका चर्चित गीत गाउदै गायन थापालाई गाउन लगाए अनि संगसंगै नाचेर रमाए ।
उठ …….. वीर गोर्खाली, कि त वार कि त पार
उहींत होली खेलौंला देशका लागि परेमा, बस्नु हुन्न सहेर बैरीले अन्याय गरेमा
लिपुलेक नि हाम्रै हो, मान्नु हुन्न हार ।
गौतम बुद्ध जन्मेको शान्तिभूमि नेपाल, पुर्खाले कमाको वीरता स्वाभिमान खेरा नफाल
कालापानी हाम्रै हो मान्नु हुन्न हार ।।
उठ …….. वीर गोर्खाली, कि त वार कि त पार ।।।
बर्तमान अवस्थालाई यथार्थ चित्रण गरेको र नेपाली स्वाभिमानलाई जीवन्त बनाएको यो गीत गाउँदा युवा, बृद्ध, महिला तथा बालबालिका आ आफनै स्थानबाट नाचेर, झुमेर आनन्दित बने । भारतीय सरकारले नेपालका सिमामा रहेका लिपुलेक, कालापानी र लुम्पियाधुरालाई नयाँ नक्सा जारी गरेपछि नेपालका यत्रतत्र सर्वत्र विरोध भएका बेला युवा गायक दुर्गेशले यो गीत गाउँदा भावनासंगै बहेका थिए ।
त्यसपछि क्रमश : उनले धेरै युवा पिढींलाई लक्षित गीत गाए । तीज ताका अत्यन्त लोकप्रिय बनेको ‘बिच्च बिच्चमा’ भन्ने गीत पनि उनले गाए । के स्टेज, के दर्शक सबैले मन थाम्नै सकेनन अनि गाउदै नाच्न थाले ।
गाउँका दिदीवहिनी सबै तीजमा आउने कुरो छ, त्यही भएर दर पकाउन आजै सुरु छ ।
दिदीवहिनी मात्रै नाच्छन जहिले पनि तीजमा, हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा ।।
यसैगरी, स्याङजामा जन्मेका दिपक थापाले हास्यब्यंग्य प्रर्दशन गरे । दर्शकलाई पेट मिचिमिची हसाए । २/३ वटा लोकगीत गाए । जादु देखाए । महोत्सवका दर्शकलाई मनारंजन दिलाए । उनी लगायत सीता थापा, कृष्णा गुरुङ र स्थानीय नृत्यकार सगुन थापा र स्वेता श्रेष्ठ लगायतले नाचेका थिए ।
हिउँदे मौसम । मेला र महोत्सवको । जाडोको समय घाम ताप्दै महोत्सवमा रमाउनका लागि उपयुक्त बनेको छ । किसानका लागि पनि केही फुर्सदिलो । सुन्तला उत्पादक जिल्ला । महोत्सवमा सुन्तला ब्यापार पनि फस्टाएको छ । त्यसैले त होला प्रायजसो उद्योग ब्याबसायी यही समयको उपयोग गर्दे मेला महोत्सव गरेर आफनै गाउँठाउँमा कलाकार ल्याएर साक्षात्कार मनोरंजन गराउने गर्दछन ।
पर्यटन बषृ २०२० लाई लक्षित गर्दै जिल्लाका कृषि उत्पादन तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरेको स्याङजा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठले जानकारी दिए । महोत्सव पुस १६ गतेसम्म संचालन हुनेछ ।