खगेन्द्र भण्डारी
स्याङ्जा, ६ पौष ।
बिकास भन्नेबित्तिकै प्राय मानिसले सडक, विजुली, खानेपानी, शिक्षा, स्वास्थ्य लगाएतका सुविधा भन्ने बुझिन्छ। देशभर बिकास निर्माणको कार्य ले गति लिदै गर्दा अनेकन बिनाशको चपेटावाट जनताले सास्ती बेहोर्नु परेको छ । यसैको ज्वलन्त उदाहरण अहिले गुल्मीको कालीगण्डकी गाँउपालिका वडा न २ बौरका स्थानियहरुले भोगेका छन्।
राष्ट्रिय गौरवकै आयोजना कालीगण्डकी कोरिडोरको काम तिब्र गतिमा भैरहेको छ । नेपाली सेनाले कोरीडोर चौडा बनाउने क्रममा यहाँका स्थानियहरु भने घरवारविहीन जस्तै बनेका छन् । कोरिडोरको कामको जिम्मा पाएको नेपाली सेनाको टोलिले काम गरिरहदा स्थनियहरुको घरमा प्रत्यक्ष असर पुगेको छ।
करिडोरको बाटो खनिरहदा करिव सय मिटर तल रहेका १५ घरधुरी विस्थापित बनेका छन।
सेनाको टोलिले आफुहरुसङ्ग सरसल्लाह समेत नगरी बम बिस्फोट नगर्न अनुरोध गर्दा समेत नमानी बम पट्काएर बाटो खन्दा ठुला ठुला ढुङ्गाहरु खसी घरै भत्केको र जनताहरु त्रासमा जीवन निर्वाह गरिरहेको वताएका छन् । स्थानीय भीष्म पराजुली भन्छन, ‘कतिबेला मरिन्छ जस्तो लाग्छ हाम्रो गुनासो कसैले सुनेन ।’
यसबिषयमा कालीगण्डकी गाउपालिका वडा न २ का वडाध्यक्ष सङ्ग बुझ्दा आफुलाई सामान्य जानकारी भएको र करिव १ घण्टा पछि आफू त्यहाँ जाने साथै आफुले सेनाको टोलिलाई समेत जानकारी गराएको बताए । उता गाँउपालिकाका अध्यक्षलाई बुझ्न फोन गर्दा भने फोन सम्पर्क हुनसकेको छैन।