स्याङ्जा, २२ मंसिर ।
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङ्ले गण्डकी प्रदेश परम्परागत कृषि प्रणालीलाई परिर्वतन गरी आधुनिक कृषि प्रणालीमा कृषकलाई आर्कषित गर्न लागिपरेको बताएका छन् ।
प्रदेश अन्तरर्गतका ७२ वटा मुख्य मन्त्री कृषि गाउँ बनाएर कृषिलाई आधुनिक खेती गर्न सिकाउने अभियानमा लागेको मुख्य मन्त्री गुरुङले जानकारी दिए । स्याङ्जाको विरुवा गाउँपालिका आम्बोट पुलको शिलन्यास तथा बास्तारा पुलको उद्दघाटन गर्दै मुख्य मन्त्री गुरुङ्ले प्रदेशलाई पहिलो पाचँ बर्षमा खाद्यान्नमा आत्मनिर्भर बनाई माछा, बेसार, अदुवा लगायतमा वस्तुको उत्पादन वढाउने मुख्य मन्त्री गुरुङ्ले बताए । जनतालाई धनि बनाउन खोजिएको बताउदै मुख्य मन्त्री गुरुङ्ले प्राकृतिक उपहार जमिन, बन जंगल लगायतलाई अधिकतम प्रयोग गर्नु पर्ने बताएका थिए ।
बजेट र सुरक्षा प्रदेशले दिने भन्दै उनले भने, “ काम गर्ने इच्छा भएकालाई सरकारले उर्जा थप्ने काम गर्छ ।” यहाँका ९७ हजार काठे पुल फालेर उज्यालो सहर बनाउने काममा सरकार तल्लिन रहेको बताउदै मुख्य मन्त्री गुरुङ्ले तिन बर्षमा घर घरमा बिजुली पुग्ने दावी समेत गरे। आधारभुत खानेपानी पानीको धारा घर घरमा तिन बर्षमा लग्ने लक्ष्य राखेको बताउदै मुख्य मन्त्री गुरुङ्ले तिन बर्ष भित्र घर घरमा धारा पुग्ने बताएका थिए ।
एस.एन.आर.टि.पी कास्कीले २ करोड २ लाख ६९ हजार ६ सय ९९ रुपैयाँको लागतमा बास्तारा पुल निर्माण गरेको हो । २५.६५ मिटर लामो एक स्पानको आरसिसी टि बिम पुल गिता ब्रदर्श जेभी पोखरा १७ ले निर्माण गरेको हो । निर्माण भएको पुल ४.२५ मीटर चौडाई सहित १.२० मीटर फुट पाथ रहेको पुर्वाधार बिकास कार्यालय पोखराका प्रमुख सोभियत खड्काले जानकारी दिएका थिए ।
पुल २० नोभेम्बर २०१५ मा २ बर्षमा सक्ने गरी सम्झौता गरेकोमा निर्धारित समयमा निर्माण नगरेपछि १ लाख ५२ हजार २९ रुपैया हर्जना समेत तिरेर निर्माण भएको हो । यस्तै आम्बोट पुल १ करोड ७५ लाख ३२ हजार २८ रुपैयाँमा गजिन्द्र निर्माण सेवाले एक बर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको हो । २२.६५ मी लम्बाई भएको पुल ६ मीटर चौडाई र १.२० मीटर दुबै तर्फ फुटपाथ रहनेछ । कार्यक्रममा संविधान सभा सदस्य टेकु कुमारी नेपाली प्रदेश सभा सदस्य मिन प्रसाद गुरुङ, दिपक चर्ती मगर, गाउँपालिका अध्यक्ष चुन प्रसाद शर्मा लगायतले आआफ्नो धारणा राखेका थिए ।