काठमाडौँ, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अस्पतालले विहिवार डिस्चार्ज गरेको हो ।
प्रधानमन्त्री डिस्चार्ज हुनु अघि बिहीबारनै स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यको वारेमा जानकारी लिएकी थिइन् ।प्रधानमन्त्री ओलीलाई बिहीबार दिउँसो ३स्४५ बजे अस्पतालले डिस्चार्ज गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। डिस्चार्जपछि प्रधानमन्त्री ओली बालुवाटारतर्फ प्रस्थान गरेका छन् ।
अचानक पेट दुखेपछि मंसिर १० गते अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको सोही दिन नै एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो।