भीरकोट, ६ मंसिर ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालवाट सरकार चलाउन नसक्ने भन्दै नेतृत्व परिवर्तनका लगि सत्तारुढ दल नेकपालाई सुझाव दिएका छन् ।
नेपाली काँग्रेस भीरकोट नगर कार्य समितिद्वारा शुक्रवार वयरघारीमा आयोजीत कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान प्रधानमन्त्री उपचारका लागि अस्पताल नियमित बस्न पर्ने भएकाले सरकार सन्चालनमा बाधा पर्ने भएकाले नेतृत्व परिवर्तन गरी सरकारलाई गतिशिल बनाउनुपर्ने धारणा राखेका छन् ।
वर्तमान सरकारलाई सरकार सन्चालन मात्र जिम्मेवारी नरहेको उल्लेख गर्दै नेपाली जनताको वलिदानीवाट प्राप्त संविधान कार्यन्वयन पनि मुख्य जिम्मेवारी भएकाले अस्पतालवाट यि कार्यमा अबरोध हुने भएकाले नेतृत्व परिवर्तन गरि संविधानको कार्यन्वयन र देश समृद्धिको बाटोमा लान आग्रह गरेका छन् । सरकारलाई कुरामा भन्दा काममा चमत्कारी देखाउन नेता श्रेष्ठले सुझाव दिएका छन् ।
कार्यकर्ता भेटघाट कार्यक्रममा भीरकोट नगरपालिकाका नगर प्रमुख छाँयाराम खनालले विकास निर्माणमा सवै नगरवासीको साथ र सहयोगको आवश्यक रहेको भन्दै आफ्नो कार्यकाल सम्म नगरपालिकाले सेवाग्रहीलाई दिनुपर्ने हरेक सेवा, सुविधा प्रदान गरी समृद्ध र देशकै नमूना योग्य नगर वनाउने योजनामा रहेको वताएका छन् । समग्र नगरको विकासको लागी अहिले सम्म कसैलाई पक्षपात नगरी समान व्यवहार गर्ने गरेको खनालले दावी गरेका थिए ।
नेपाली कांग्रेस भीरकोट नगरकार्य समितिद्वारा आयोजीत कार्यकर्ता भेटघाट कार्यक्रममा नगर उपप्रमुख सिमा केसी कर्माचार्य, क्षेत्रवहादुर थापा, भक्तवहादुर केसी, नरवहादुर राना, नुवादत्त अर्याल, चिन्तामणी चापागाई र कुदरत अलि लगायतले काँग्रेसको माथी देखि चल्दै आएको गुटगत राजनीति अन्त्य गरी संगठन विस्तारलाई चुस्त दुरुस्त बनाउनुपर्नेमा जोड दिएका थिए ।
नेपाली काँग्रेस भीरकोट नगर कोषाध्यक्ष जगदीश कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रमको संचालन नेपाल तरण दल क्षेत्रीय अध्यक्ष दिपेन्द्र केसीले र स्वागत नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि नशिवदिन मिँयाले गरेका थिए ।