भवानी अधिकारी/स्याङ्जा
नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले बालुवाटार बेचेको सरकारले टुडींखेल पनि जोगाउन नसकेको आरोप लगाएका छन् । जताततै कब्जा भइरहँदा र नागरिक समाजले ‘अकुपाई टुडिखेल’ आन्दोलन चलाउदा समेत सरकार मुकदर्शक बनेको उनको भनाई छ ।
नेपाली कांग्रेस स्याङजा—पोखरा सम्पर्क समितिद्धारा बुधवार पोखरा महानगरपालिका १७ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सदस्य श्रेष्ठले मुलुकको अर्थतन्त्र डामाडोल बनाउदै भ्रष्टाचार, डण्डहिनता, अराजकता, अधिनायकवाद, कर छली, हत्या, हिंसा, बलात्कार मच्चाउने तत्वलाई कारवाही गर्न नसक्नु सरकारको लाचारीपन रहेकोमा नेता श्रेष्ठको जोड थियो ।
‘वाइडबडी काण्डमा ४ अरब भ्रष्टाचार भो । एनसेलमा अरवौंको छुट, ३३ किलो सुन कता गयो’ पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले भने ‘ठूला माछा समात्छौ भन्ने सरकारले साना माछा पनि उम्काईरहेका छन् ।’ सर्वसाधारण नागरिककमाथि करको भारी थुपार्ने र गरिबका चुल्हो समेत बाल्नै नसक्नेगरी महंगी बढाउने सरकारले आम नागरिकका हितमा काम गर्न नसकेको उनको भनाई थियो ।
विस २०१८ सालदेखि वीपी, गणेशमानदेखि शुशिल कोइरालासम्म निरन्तर काम गरेका सन्त, त्यागी, योग्य उम्मेदवार खेमराज पौडेललाई मत दिई नेपाली कांग्रेसलाई विजयी गराउन कास्कीका स्थानीयलाई आग्रह गरेका थिए । सरकारका २१ महिने गतिबिधिले उसका क्रियाकलापबाट मुलुकको अवस्थालाई छर्लङग पारेको बताउदै पोखरेलीबासीले परिक्षणको घडीलाई सही सदुपयोग गर्न समेत नेता श्रेष्ठको आग्रह थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले भारतले मुलुकको सिमा मिच्दा समेत वार्ता गर्न डराउने प्रधानमन्त्री केपी ओली बिरुद्ध बृहत रोडशो गर्नुपर्ने आवश्यता रहेको अैल्याएका थिए ।
यसैगरी, कास्की क्षेत्र नं. २ प्रतिनिधीसभा सदस्य उपनिर्वाचनका उम्मेदवार खेमराज पौडेलले पार्टीले दिएको जिम्मेवारीलाई आफुले सधैं निष्ठापूर्वक सम्पन्न गर्दे आएको बताउदै आफुलाई सबै मतदाताले मतदानगरी न्याय गर्न अनुरोध गरेका छन् ।
सभामा नेपाली कांग्रेस कास्कीका महासमिति सदस्य देवराज चालिसे, स्याङजाका महासमिति सदस्य राजु थापा, महिला संघका केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी, स्याङजा—काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष देवीप्रसाद अर्याल, स्याङजा—पोखरा सम्पर्क समितिका संस्थापक अध्यक्ष अर्जुन पौडेल लगायतले अधिनायकवाद र दम्भको राजनीतिलाई परास्त गर्न नेपाली काँग्रेसका उम्मेदवार खेमराज पोैडेललाई मतदान गरी विजयी गराउन आग्रह गरेका थिए ।
स्याङजा—पोखरा सम्पर्क समितिका अध्यक्ष पवन नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तिलक पौडेलले स्वागत एवं सचिव ध्रुववन्धु पोखरेलले संचालन गरेका थिए । पोखरामा स्याङजा जन्मघर भई बिभिन्न पेशा ब्यवसाय अंगाल्दै पोखरा महानगरपालिकामा बसोवास गर्नेहरुको ठूलो संख्या रहेको छ ।