स्याङ्जा, २३ कात्तिक ।
भारतले हालै जारी गरेको नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र राखेको भन्दै नेपाल तरुणदल स्याङ्जाले बिरोध प्रदर्शन गर्ने भएको छ । नेपाल तरुण दल स्याङ्जाको बैठकले बिरोध कार्यक्रमलाई व्यापक गराउने निर्णय गरेको हो ।
सरकारले तत्कालै कुटनीतिक पहल मार्फत भारतीय नक्सा सच्चाउनु पर्ने तरुणदलको निश्कर्ष रहेको छ । बैठकबाट तरुणदल स्याङ्जाका उपाध्यक्ष शिव संसार श्रेष्ठलाई कार्यबाहक सभापतिमा सर्बसम्मत चयन गरेको छ । बैठकले तरुण दल जिल्ला कार्यसमितिका सदस्य पुर्णचन्द्र रेग्मीको पिताको निधन प्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।
त्यस्तै छिमेकी जिल्ला कास्कीमा हुन लागेको उपनिवार्चनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजय गराउन सवै तरुणहरु लाग्ने निर्णय गरेको छ । स्याङ्जा जिल्लामा नेपाली काँग्रेसका नेता तथा पुर्व प्रधानमन्त्री स्वर्गीय गिरजा प्रसाद कोईरालाको सालिक बनाउने पुर्व निणर्यलाई यथाशिघ्र कार्यन्वयन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
कार्यक्रममा तरुण दल स्याङ्जाका जिल्ला सभापति भागवतप्रकाश मल्लले राष्ट्रियताको विषयमा सबै एक भई सरकारलाई दवाव दिनुपर्ने बताएका थिए । उनले उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई सफल बनाउन सवै तरुणहरुलाई आह्वान समेत गरे । मल्ले आफू प्रदेश सांसद भएपश्चात पर्याप्त समय दिन नसकेकाले तरणदललाई चुस्त दुरुस्त राख्नका लागि उपाध्यक्ष शिव संसार श्रेष्ठलाई कार्यबहाक सभापतिको जिम्मा दिएको स्प्रष्ट पारे।
बैठकमा तरुण दल स्याङ्जाका निवर्तमान सभापति तथा काँग्रेस स्याङ्जा–२ क का सभापति अर्जुनप्रकाश अर्याल, तरुण दलका पूर्व केन्द्रीय सदस्य गोविन्द पंगेनी लगायत जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमति, नगर तथा गाउपालिका कार्यसमितिका तरुण नेताहरुले आफ्नो धारणा व्यक्त गरेका थिए । तरुण दल स्याङ्जाका सभापति भागवतप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव चन्द्र रानाले गरेका थिए ।