स्याङ्जा, २० कात्तिक ।
गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकका अन्दाजी ५० वर्षीय सोमबहादुर बिक मृत अवस्थामा फेला परेकाछन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घाको खर्सिङगैरा स्थित गौडाकुवामा बिकको शव फेला परेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए ।
बुधबार बिहान स्थानीयले देखेपछि बिर्घा प्रहरी चौकीमा खबर गरेका थिए । वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक घिमिरेको नेतृत्वमा गएको टोलीले शव कुवाबाट निकालेको हो । शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा राखिएको छ ।
बिक झण्डै १० वर्षदेखि स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा ज्याला मजदुरी गर्दै आएका थिए । बिकको मृत्युबारे अनुसन्धान भईहरको प्रहरीले जनाएको छ ।