काठमाडौं, १८ कात्तिक।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेशका लागि प्रदेश प्रमुखहरूको नाम सिफारिस गरेको छ । नेकपाको सोमबार बसेको सचिवालय बैठकले हाल रिक्त रहेको सातवटै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।
प्रदेश प्रमुखका लागि अमिक शेरचन, तिलक परियार, धर्मनाथ यादव, सोमनाथ अधिकारी प्यासी, शर्मिला त्रिपाठी, विष्णु प्रसाईं र गोविन्द कलौनीको नाम सिफारिस गरिएको छ ।
कुन प्रदेशमा कसलाई नियुक्त गर्ने रु भन्ने विषयको टुंगो भने सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने वताइएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यालदेवी भण्डारीले आइतबार सबै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गराइएकाो थियो ।