स्याङ्जा १६ कात्तिक
भेषजराज साहित्य प्रतिष्ठानले कला र साहित्यको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै दुई जना साहित्यकारहरुलाई पुरिस्कृत गरेको छ ।
प्रतिष्ठानले “भेषजबिन्दु साहित्यिक पुरस्कार” साहित्यकार मित्रलाल पंज्ञानी र “भेषजराज साहित्य सम्मान” चिन्तु गिरीलाई प्रदान गरेको हो । साहित्यकारहरुलाई पुरस्कृत गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब प्राग्य जगत प्रसाद उपाध्यायले साहित्य मानव जीवनको अभिन्न अंग भएको बताए । “साहित्य बिना मानवीय क्रियाकलाप निरस बन्दछ ।” उनको भनाई थियो
कार्यक्रममा प्राध्यापक डाक्टर हेमनाथ पौडेल,प्राध्यापक डाक्टर जगदिश चन्द्र भण्डारी,पूर्ब मन्त्री एवं साहित्यकार त्रिलोचन ढकाल, वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी, ईलाका प्रशासन कार्यालय वालिङका प्रमु्ख दामोदर शर्मा, वडा अध्यक्ष कमल प्रसाद सुवेदी, ऋषिराम कंढेल, सरस्वती तिवारी, साहित्यकारहरु मित्रलाल पंज्ञानी, देवेन्द्र लम्साल, चिन्तु गिरी लगायतले आफ्नो धारणा राखेका थिए ।प्रतिष्ठानले सञ्चालन गरेको नियमित रचना बाचनको १८ औं सृङ्खला अन्र्तगत गरिएको कार्यक्रममा दुई दर्जन भन्दा बढी साहित्यकारहरुले आ—आफ्नो रचना बाचन गरेका थिए ।
कार्यक्रममा श्याम प्रसाद अर्याल, सीताराम अधिकारी, मिलन समिर, बोधराज न्यौपाने, जमुना पंगेनी, राधाकृष्ण डुम्रे, अनन्तराज अर्याल, सुर्य प्रसाद डुम्रे, तोलाकान्त बगाले, प्रदिप बगाले,नारायण प्रसाद रेग्मी,तारा प्रसाद श्रेष्ठ,चुडामणी खनाल, शम्भु अर्याल, बिहानी पंगेनी लगायतले आ—आफ्नो रचना बाचन गरेका थिए ।
भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिब श्याम प्रसाद ढुङ्गानाले गरेका थिए ।