लोकतन्त्रको रक्षा विना देश समृद्ध हुँदैन -पूर्व सांसद रेग्मी
स्याङ्जा २६ असोज ।
नेपाली काँग्रेस भीरकोट नगरपालिका ५ को आयोजना तथा नगर समितिको समन्वयमा आइतवार पशुपति प्राविको प्रांगण फुलबारीमा विजया दशमी, दिपावली, नेपालसंवत, छठलगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पूर्व सांसद खगेन्द्रराज रेग्मीले लोकतन्त्र बलियो भएमात्रै देश समृद्ध हुने भन्दै लोकतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।
साथै रेग्मीले नेपाली काँग्रेसले कोजाग्रत पुर्णिमालाई मेलमिलापको दिनका रुपमा लिएर यसै दिन केन्द्र तथा स्थानीय तहमा शुभकामना आदानप्रदान गर्दै आईरहेको स्मरण गराएका थिए ।
नेपाली काँग्रेस स्याङजाका पूर्व सभापती समेत रहेका रेग्मीले भने,“विपि, गणेशमानले समेत यसै दिन मेलमिलाप तथा शुभकामना आदानप्रदानको रुपमा कार्यक्रम गर्नुहुन्थ्यो ।” काँग्रेस लोकतन्त्रवादी पार्टी भएको भन्दै नेता रेग्मीले मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस भएको वताए । माओत सेतुङले समेत विपिको विचारलाई आत्मसाथ गरेको भन्दै लोकतन्त्रमै मुलुकको समृद्धि रहेको उल्लेख गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख छाँयाराम खनाल, उपप्रमुख सिमा केसी कर्माचार्य, जिल्ला सदस्य मेघबहादुुर खड्का, श्यामप्रसाद अर्याल, महाधिवेसन प्रतिनिधि नसिबदिन मिँया, क्षेत्रबहादुर थापालगायत सहभागि सबैले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।
वडा सभापति सुवेदार कृष्णबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत वडा अध्यक्ष यामप्रसाद अधिकारी, सञ्चालन नगर सचिव शेषकान्त खनाल र धन्यवाद नगर सभापति तोयनाथ अर्यालले गरेका थिए ।