स्याङ्जा—३०, भदौ ।
आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना कर्मचारीलाई फिल्ड तथा अभिलेख व्यवस्थापन र जोखिम न्युनिकरण सम्वन्धी तालिम प्रदान गरेको छ । दश जिल्लाका १९ कार्यालयका २४ जना कर्मचारीलाई तालिम प्रदान गरेको हो ।
स्याङजा जिल्लाको भीरकोट न.पा.–१ वयरघारीमा केन्द्रीय कार्यालय रहेको लघुवित्त संस्थाले लगानी र वचतलाई सुक्षित बनाउन महत्वपूर्ण भुमिका कर्मचारीको हुने हुँदा उनीहरुको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले जानकारी दिए ।
तालिमको सहजीकरण संस्थाका विभिन्न विभागीय प्रमुख बावुराम कुँवर, खेमनारायण रेग्मी, कुलदेव लामिछाने र खगराज मरासिनीले गरेका थिए । संस्थाले हाल सम्म १५ हजार सदस्यलाई ७१ करोड कर्जा लगानी र २४ करोड बचत परिचालन गरेको संस्थाका अध्यक्ष नरेश केसीले जानकारी दिए । संस्थाको चुक्त पुँजी १० करोड रहेको छ भने, भर्खरै शेयर बजारमा प्रवेश गरेको अध्यक्ष केसीले जानकारी दिए ।
संस्थाको व्यावसायीक र सामाजिक दायित्वलाई संग संगै परिचालन गर्न कर्मचारीलाई निर्देशन दिदै अध्यक्ष केसीले संस्थाको परिधि र सिमालाई मध्येनजर गर्दै तोकिएको क्षेत्रमा प्रभावकारी सेवा प्रदान गर्न जिम्मेवार भएर लाग्न समेत आग्रह गरे ।
गत आर्थिक बर्षमा करिव २ करोड मुनाफा कमाउन सफल भएको संस्थाले जनाएको छ ।