राजु थापा
संविधान सभा सदस्य
लोकतान्त्रिक विधि र पद्धतिलाई अंगिकार गर्दे करिव सात दशक लामो गौरवशाली इतिहास बोकेको नेपाली कांग्रेसको आफ्नै ध्येय छ । हरेक नेपालीलाई सुखि र खुशीका साथ जिवनयापन गर्ने बनाउने उद्देश्य राखेर विं सं २००३ सालमा महामानव स्वर्गीय वी.पी कोइरालाले नेपाली कांग्रेस पार्टीको स्थापना गर्नुभएको हो ।
लोकतान्त्रिक समाजवादलाई आदर्श मानेर नेपाली कांग्रेस नेपाली जनताको सेवा र समृद्ध मुलुक निर्माणको यात्रामा अविच्छीन्न लागिरहेको छ । राजनीतिमा प्रजातन्त्र र अर्थनीतिमा समाजवाद बी.पी. को परिकल्पना हो । राजनीतिक जडवाद वा अमूर्त राजनीतिक शब्दका जारगण प्रयोग गरेर उनले कुनै भुलभुलैमा खोजेनन मुलुक र जनताको विकासमा सदैव क्रीयाशील वि.पि कै उपज नेपाल महिला संघको २००४ सालमा भएको स्थापना हो ।
लोकतन्त्र नै संकटमा परेको बर्तमान अवस्थामा महामानव स्व. कोइरालाको स्मरणहुन नितान्त लाग्छ । नेपाली महिला आदिम कालदेखि नै विरंगना नारीका रुपमा प्रस्तुत हुदै आएका छन् । इतिहासका विभिन्न कालखण्डमा सिता, भृकुटी, मायादेवीले सिर्जना गरेको नारी अस्मिता शक्तिको स्वरुप बर्तमानमा उदाहरणिय छ । नेपाल महिला संघ आफैमा एउटा आन्दोलनको रुप हो । लोकतन्त्रका लागि २००७ सालको जनक्रान्तिदेखि बितेको ७ दशकसम्म यसले निर्वाह गरेको भूमिका आफैमा ऐतिहासिक र प्रेरणादायि छन् ।
मंगलादेवि सिंहको संस्थापकत्वका सुरु भएको नेपाल महिला संघको यात्राले ७२ बर्ष पार गरेको छ । यहाँ सम्म आउदा विभिन्न ब्यवस्था बदल्नमा नेपाली महिलाहरुको महत्वपूर्ण स्थान रहेको छ । नेपाली नारीहरुनै भावि सन्ततीका शक्ति हुन । नेपाल महिला संघले नेपाली कांग्रेसको मल्य मान्यता र आदर्शलाई चरितार्थ गराउन दिव्या कोइराला, मंगलादेवी सिंह, नोना कोइराला सैलजा आचार्य द्वारिकादेवी ठकुरानी, योगमाया उपाध्याय जस्ता महिला नेतृत्वबाट यसको सुरुवाती भएको पाइन्छ ।
स्थापनाकाल देखिनै आफ्नो उत्कृष्टता प्रर्दशन गर्ने नेपाल महिला संघ आदर्शको प्रतिमुर्ती रहेको छ । जो समाज रुपान्तरणको कारक हो । बिस्तारै–बिस्तारै मुलुक विखण्डनतर्फ अगाडी बढेको छ । यसलाई समयमै नरोक्ने र संवेदनशील नबन्ने हो भने देश जटिल र अकल्पनिय अवस्थामा पुग्ने खतरा पक्का छ । हिमाल–पहाडमा कथित नेकपाको नक्कली राष्ट्रबाद र उग्रराष्ट्रबादले जरा गाड्न सूरू गरिसकेको छ । यस्तो अवस्था आउदा राष्ट्रको नेतृत्व गर्नेहरुलाई इतिहास सम्झाउन जरुरी देखिन्छ ।
२०१५ सालको संविधान र त्यसपछिको २०१७ सालको पञ्चायती शासन ब्यबस्थामा
महिलालाई अधिकार थिएन । २०४६ सालमा नेपालमा नेपाली कांग्रेसको नेतृत्वमा ठूलो जन आन्दोलन र जारी गरिएको नेपाल अधिराज्यको संविधान २०४७ पछि पाँच प्रतिशत महिलाहरुलाई मात्र टिकट दिने प्रावधान राखियो । २०६२ ÷०६३ मा मुलुकमा अर्काे ठूलो जन आन्दोलन भयो । जनआन्दोलनको सफलता पछि नेपालको अन्तरिम संविधान २०६३ जारी गरियो । करिव एक दशकको संघर्षका पछि नेपालको संविधान २०७२ केही रुपमा महिलामैत्री हुन पुग्यो । यही संविधानको घोषणा पछि महिलाहरुको हक अधिकारको जग बसेको छ । यही संविधान अनुरुप ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्व भएको छ । मुलुक रुपान्तरणका संवाहक नेपाली महिलाहरु आफ्नो अधिकार प्राप्तिको लडाईले सार्थकता पाएको छ ।
अतः असमानता र शोषणमा पिल्सीएको नेपाली समाज का विर नारीहरुको उत्थानले मात्र मुलुक रुपान्तरणले सार्थकता पाउने हुँदा समान अधिकार, अवसर, विचार र व्यक्तिको स्वतन्त्रता निजी सम्पतिको सुरक्षाको साथै स्वास्थ्यमा पूर्ण अधिकारको ग्यारेन्टी, शिक्षा पूर्ण निःशुल्क न्यूनतम जनताको विभिन्न अधिकार सुनिश्चितामा हामी लाग्नु पछी राज्यको रुपान्तरणमा यी कुराहरु जनतामा पस्कन हामीले सक्यौं भने पार्टी इतिहासको एक पार्टीको रुपमा मात्र रहनेछ । परिवर्तनशील समय र संसारलाई बुझेर घरका सिमित काम मात्र नारीको भागमा नराखी शिक्षामा समान पहुँच पु¥याउन नारी शिक्षा आजको आवश्यकतालाई सबैले सार्थक बनाउनु पर्छ । अनि मात्र समाज रुपानतरण हुन्छ ।